वैदेशिक रोजगारीका लागि गएका ७ सय बढी नेपाली विदेशी जेलमा
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् ।
सन् २०२१र०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।
आर्थिक वर्ष २०२०र०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०र०२१ को तुलनामा २०२१र०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

